• ४ साउन २०८३, सोमबार
  • १:४५ बिहान

ललितपुर ३ मा तोसिमा १ हजार ४८२ मतसहित अग्रस्थानमा, अमृत दोस्रो स्थानमा

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०५:१०

५ मंसिर २०७९, ललितपुर : प्रतिनिधिसभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता बनाएकी छिन् ।


कार्की १ हजार ४८२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका अमृत खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।

Kamana Sewa

यसअघि यो क्षेत्रमा सुरुवातमा तोसिमाले अग्रता लिए पनि सोमबार दिउँसो नेकपा एमालेका उम्मेदवार खड्काले अग्रता लिएका थिए ।

Classic Tech Desktop

माओवादी उम्मेदवार भुसाल भने सुरुवातदेखि नै तेस्रो स्थानमा छिन् । यसअघि २०७४ सालमा यो क्षेत्रबाट माओवादीबाट भुसाल नै निर्वाचित भएकी थिइन् ।

प्रतिकृया