• ३ साउन २०८३, आइतबार
  • ४:५२ बिहान

आज यी २५ जिल्लाका साना नदीमा आकस्मिक बाढी , तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति

२०८३ श्रावण २ गते, शनिबार १०:१६

२ साउन २०८३  काठमाडौं- बाढी पूर्वानुमान महाशाखाले आज देशका २५ जिल्लामा बग्ने साना नदी तथा खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको छ।

यस्तै मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुरलगायत जिल्लाका साना नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

Kamana Sewa

यद्यपि, देशका मुख्य तथा ठूला नदीहरूको अवस्था भने हाल सामान्य रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीहरूको बहाव पनि सुरक्षित सीमाभित्रै रहेको बुलेटिनमा उल्लेख गरिएको छ।

Classic Tech Desktop

महाशाखाले आगामी दुई दिनमा पनि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना औंल्याउँदै तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया