• २ साउन २०८३, शनिबार
  • २:२५ बिहान

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकको उछाल

प्रकाशित मिति

२०८३ श्रावण १ गते, शुक्रबार ०३:५१

१ साउन  २०८३ काठमाडौं –  नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७४ अंकले बढेर २६७७.५४ बिन्दुमा पुगेको छ।

आज ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। १२ मध्ये ११ उपसूचक बढेका छन् भने म्युचुअल फण्ड समूह मात्रै घटेको छ।

Kamana Sewa

यस दिन २५९ कम्पनीको शेयर मूल्य बढ्दा १३ कम्पनीको घट्यो र २ कम्पनीको मूल्य स्थिर रह्यो। लगानीकर्ताले बजारको सुधारलाई सरकार, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डबाट आएका बजारमैत्री नीतिगत संकेतसँग जोडेर हेरेका छन्।

Classic Tech Desktop

प्रतिकृया