• ९ असोज २०८३, शुक्रबार
  • ५ः३८ बेलुका

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

प्रकाशित मिति

२०८३ असार १३ गते, शनिबार १०:५७

१३ असार २०८३ विराटनगर- विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिबार बिहान विराटनगर महानगरपालिका–१० स्थित गिरीको निवासमा खानतलासी गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।

National Life

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार मिश्रका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो। सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। खानतलासीका क्रममा के–कस्ता सामग्री बरामद भए भन्ने विषयमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

अभिषेक गिरी यसअघि अपहरण मुद्दामा कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। पछिल्लो समय उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए।

प्रतिकृया