नेपाल विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन:प्रधानमन्त्री बालेन्द्र शाह
प्रकाशित मिति
२०८३ आश्विन ९ गते, शुक्रबार ०६:२२
९ असोज २०८३ काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले प्राकृतिक विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा विपद्का कारण १ हजार ४ सयभन्दा बढी मानिसको ज्यान गएको उल्लेख गर्दै विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताएका हुन् ।
‘नेपालमा विपद्का कारण १४ सयभन्दा बढीले ज्यान गुमाएका छन् । यो विपद्लाई नेपाल भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन,’ प्रधानमन्त्री शाहले भने, ‘तर नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पूरा गरून् भन्ने चाहन्छ ।’ उनले हिमालय क्षेत्रलाई तनावको क्षेत्र नभई विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि साझा प्रयोगशालाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा भू–उपग्रहसम्बन्धी सूचना तथा विज्ञता साझा गर्नुपर्ने धारणा राखे । नेपालको पछिल्लो भोटेकोशी बाढीलाई जलवायुजन्य विपद्सँग जोडेर नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय, वित्तीय सहयोग तथा प्रविधि हस्तान्तरणको विषय उठाउँदै आएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय महासामान्य बहस सेप्टेम्बर २२ देखि सुरु भएको हो ।






प्रतिकृया