• ८ असोज २०८३, बिहीबार
  • ११ः३८ बिहान

नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी

प्रकाशित मिति

२०८३ आश्विन ८ गते, बिहीबार ११:३७

काठमाडौं । नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको हो।

National Life

असार मसान्तमा २९ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ रहेको सार्वजनिक ऋण दुई महिनामा करिब ८ अर्ब ६४ करोड रुपैयाँले घटेको छ। ऋण उठाएको भन्दा साँवा भुक्तानी बढी भएपछि कुल ऋण घटेको कार्यालयले जनाएको छ।

भदौ मसान्तसम्म सरकारको आन्तरिक ऋण १३ खर्ब ६१ अर्ब ८७ करोड र बाह्य ऋण १६ खर्ब ११ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। कुल सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०५ प्रतिशत बराबर रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले ६१ अर्ब ५ करोड रुपैयाँ ऋण उठाएको छ भने ७० अर्ब १३ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ। सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ।

यस अवधिमा सरकारले सार्वजनिक ऋण सेवामा ८५ अर्ब १ करोड रुपैयाँ खर्च गरेको छ भने पूँजीगत खर्च ७ अर्ब ६६ करोड रुपैयाँ मात्रै भएको छ।

पछिल्लो सात वर्षमा नेपालको सार्वजनिक ऋण करिब दोब्बर भएको छ। आर्थिक वर्ष २०७६/७७ मा १४ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ रहेको सार्वजनिक ऋण अहिले ३० खर्ब नजिक पुगेको हो।

प्रतिकृया