• ९ असोज २०८३, शुक्रबार
  • २ः५५ दिउँसो

पछिल्लो १२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा, अन्य प्रदेशमा पनि वर्षा जारी

प्रकाशित मिति

२०८३ आश्विन ८ गते, बिहीबार ०९:१६

८ असोज २०८३ काठमाडौं — पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National Life

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। साथै, बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रका रूपमा रहेको महाशाखाले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले यसको प्रभावले देशभरको मौसम प्रभावित हुने महाशाखाले जनाएको छ।

प्रतिकृया