• ७ असोज २०८३, बुधबार
  • ९ः३७ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ आश्विन ७ गते, बुधबार ०९:०९

७ असोज २०८३ काठमाडौं — देशमा हाल मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको पश्चिम–मध्य भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा छ।

National Life

बुधबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

राति कोशी प्रदेशमा धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका केही स्थानमा भारी तथा पहाडी र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। बागमती, गण्डकी र लुम्बिनीका केही भूभागमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महाशाखाले वर्षासँगै मेघगर्जन, चट्याङ र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया