वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
प्रकाशित मिति
२०८३ आश्विन ६ गते, मंगलवार ०२:१२
६ असोज २०८३ काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई जिम्मेवारी तोकेका हुन्।
प्रधानमन्त्री शाह आज अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन्। उनले असोज ८ गते (सेप्टेम्बर २४) संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
शाहले महासभाका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शाह असोज १० गते (सेप्टेम्बर २६) स्वदेश फर्किनेछन्।





प्रतिकृया