• ६ असोज २०८३, मंगलबार
  • ११ः५१ बिहान

देशभरका २० गणलाई पछि पार्दै एसपी कुँवरको कमान्डमा विशेष सुरक्षा गण उत्कृष्ट

प्रकाशित मिति

२०८३ आश्विन ६ गते, मंगलवार ११:१६

नेपालगञ्ज । नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत (हाल नेपालगञ्ज) देशभरका २० वटा प्रहरी गणमध्ये भदौ महिनाको कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको मासिक कार्यसम्पादन मूल्यांकनमा प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरको कमाण्डमा रहेको विशेष सुरक्षा गणले पहिलो स्थान हासिल गरेको हो।

National Life

प्रहरी प्रधान कार्यालयले मातहतका गण तथा युनिटहरूको कार्यसम्पादनलाई विभिन्न सूचकका आधारमा प्रत्येक महिना मूल्यांकन गर्दै आएको छ। भदौ महिनाको मूल्यांकनमा विशेष सुरक्षा गणले संगठनले तोकेका जिम्मेवारीको कार्यान्वयन, अनुशासन, सुरक्षा व्यवस्थापन, परिचालन तथा समग्र कार्यसम्पादनमा उत्कृष्ट नतिजा हासिल गरेको जनाइएको छ।

देशभर रहेका २० वटा गणबीच गरिएको मूल्यांकनमा पहिलो स्थान हासिल गरेसँगै गणको कार्यक्षमता र जिम्मेवारीप्रतिको प्रतिबद्धता देखिएको प्रहरी स्रोतले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

एसपी कुँवरको नेतृत्वमा रहेको गणले संवेदनशील सुरक्षा जिम्मेवारीदेखि विभिन्न परिस्थितिमा हुने प्रहरी परिचालनसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

प्रहरी प्रधान कार्यालयको नियमित मूल्यांकनमा सर्वोत्कृष्ट हुनु गणमा कार्यरत प्रहरी कर्मचारीको सामूहिक मेहनत, अनुशासन र जिम्मेवारीप्रतिको प्रतिबद्धताको परिणाम भएको बताइएको छ।

प्रतिकृया