• ६ असोज २०८३, मंगलबार
  • ९ः२९ बिहान

आजदेखि नेप्सेमा नियमित सेयर कारोबार हुने

प्रकाशित मिति

२०८३ आश्विन ६ गते, मंगलवार ०९:१९

६ असोज २०८३ काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ। नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको प्राविधिक समस्या समाधान भएपछि कारोबार नियमित गर्न लागिएको हो।

National Life

डेटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएपछि नेप्सेले असोज ५ गते सोमबार नियमित सेयर कारोबार स्थगित गरेको थियो। डेटा सेन्टरको समस्या कायम रहँदा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार स्थगित गर्न नेप्सेसमक्ष आग्रह गरेको थियो।

सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार एक दिनका लागि नियमित कारोबार स्थगित गरेको थियो। डेटा हबको प्राविधिक समस्या समाधान भइसकेको जानकारी प्राप्त भएपछि आजदेखि सेयर बजारमा नियमित कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया