• ४ असोज २०८३, आइतबार
  • ११ः११ बिहान

सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो

प्रकाशित मिति

२०८३ आश्विन ४ गते, आईतवार ११:१०

४ असोज २०८३ काठमाडौं —  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

National Life

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ६६० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला २० रुपैयाँले बढेर आज ४ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया