• २ असोज २०८३, शुक्रबार
  • ११ः३१ बिहान

सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो

प्रकाशित मिति

२०८३ आश्विन २ गते, शुक्रबार ११:१५

२ असोज २०८३ काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ। सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ८ सय ६० रुपैयाँ तोकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यता, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १ सय ५० रुपैयाँले बढेर आज ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिकृया