• २ असोज २०८३, शुक्रबार
  • ११ः४८ बिहान

मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध

प्रकाशित मिति

२०८३ आश्विन २ गते, शुक्रबार ०९:१०

२ असोज २०८३ काठमाडौं — मुग्लिन–नारायणगढ सडक खण्डको १५ किलोमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार बिहान साढे ७ बजेदेखि सडकमाथिबाट लेदो खसेपछि यातायात एकतर्फी सञ्चालन भइरहेको हो।

National Life

लेदो पन्छाउने काम भइरहेको र सडक दुईतर्फी सञ्चालनमा ल्याउन करिब एकदेखि डेढ घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।

पहिरोका कारण सडकमा सवारीसाधनको आवागमन प्रभावित भएकाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया