• २२ भदौ २०८३, सोमबार
  • २ः११ दिउँसो

बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ

प्रकाशित मिति

२०८३ भाद्र २२ गते, सोमबार ०२:०३

२२ भदौ २०८३ काठमाडौं — भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीप्रति खुशी व्यक्त गर्दै बाढीपीडितलाई अपमानित गर्ने भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बुमा बस्दै आएका २४ वर्षीय बिरेन्द्र मडै रहेका छन्।

National Life

मडैले बाढीबाट भएको जनधनको क्षतिको विषयमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने तथा अपमानित गर्ने अभिव्यक्ति दिँदै विपत्तिमा खुशी व्यक्त गरेको भिडियो बनाई सामाजिक सञ्जालमा प्रसारण गरेको आरोप छ।

साइबर ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उनलाई भदौ २० गते पक्राउ गरेको जनाएको छ। पक्राउ परेका मडैविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंमा म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया