• २२ भदौ २०८३, सोमबार
  • ११ः१० बिहान

सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने गरिमा बैंकको प्रस्ताव

प्रकाशित मिति

२०८३ भाद्र २२ गते, सोमबार ११:०५

गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

National Life

हाल कायम चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावमा निर्णय गरेको हो। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

Classic Tech Desktop

हाल ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैँया २२ पैसा चुक्ता पुँजी छ। समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी २०औँ वार्षिक साधारण–सभाबाट पारित भएपश्चात विकास बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैँया ९४ पैसा कायम हुने बैंकले जनाएको छ। 

काठमाण्डौंको बालुवाटारमामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएमसहित ग्राहकहरुलार्ई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।
 

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

प्रतिकृया