• ५ असोज २०८३, सोमबार
  • ३ः३१ दिउँसो

भोलि पहिलो विदेश भ्रमणमा बालेन, महासभामा नेपालका विपद् र जलवायु संकट सुनाउने

प्रकाशित मिति

२०८३ आश्विन ५ गते, सोमबार ०३:१५

५ असोज २०८३ काठमाडौं — प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार अपराह्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने भएका छन्। नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।

National Life

महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असर, हिमाली क्षेत्रको बढ्दो जोखिम तथा पछिल्लो बाढीबाट भएको जनधन र पूर्वाधारको क्षतिको विषय प्रमुख रूपमा उठाउने तयारी गरेका छन्।

नेपालको हरितगृह ग्यास उत्सर्जनमा योगदान न्यून भए पनि जलवायु परिवर्तनको असर गम्भीर रूपमा भोगिरहेको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी छ। साथै, जलवायु परिवर्तनका कारण जोखिममा परेका मुलुकका लागि स्थापना गरिएको ‘लस एन्ड ड्यामेज फन्ड’ लगायतका संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गर्ने सरकारको तयारी छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालले विकसित तथा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकबाट जलवायु वित्त, सहुलियतपूर्ण सहयोग तथा जलवायु अनुकूल पूर्वाधार निर्माणका लागि प्राविधिक र आर्थिक सहयोगको विषयसमेत उठाउनेछ।

शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन्। महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा १४ जना रहने जनाइएको छ।

प्रतिकृया