• ५ असोज २०८३, सोमबार
  • १२ः५३ दिउँसो

त्रिपुरेश्वरमा बसमा आगलागी

प्रकाशित मिति

२०८३ आश्विन ५ गते, सोमबार १२:४३

५ असोज २०८३, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि एक बसमा आगलागी भएको छ । ऋद्धिसिद्धि यातायातको गाडीमा आगलागी भएको हो ।

National Life

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गरेका छन् । उनका अनुसार आगलागीको कारण भने खुलिसकेको छैन । ‘बस आगलागी भएको भन्ने खबर आएको छ । किन, कसरी आगलागी भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ,’ एसपी सुवेदीले भने ।

आगलागीबाट भएको क्षति तथा घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया