• ५ असोज २०८३, सोमबार
  • ११ः०७ बिहान

सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो

प्रकाशित मिति

२०८३ आश्विन ५ गते, सोमबार ११:०७

५ असोज २०८३ काठमाडौं — नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर आज ४ हजार ८०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया