• ६ असोज २०८३, मंगलबार
  • ९ः२९ बिहान

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

प्रकाशित मिति

२०८३ आश्विन ६ गते, मंगलवार ०९:०६

६ असोज २०८३ काठमाडौं — काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चालकको सोमबार राति नै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। अस्पतालका अनुसार उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो।

National Life

घाइते चालकलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो। त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा मध्याह्न आगलागी भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैँले बसमा आगो लगाएको देखिएको छ। घटना हुनुअघि चालक र ट्राफिक प्रहरीबीच जरिवानाको विषयमा विवाद भएको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले छानबिन समिति गठन गरिसकेको छ।

प्रतिकृया