• ६ असोज २०८३, मंगलबार
  • १२ः२६ दिउँसो

साउनमा बीमा कम्पनीले भित्र्याए ३२ अर्बभन्दा बढीको व्यवसाय

प्रकाशित मिति

२०८३ आश्विन ६ गते, मंगलवार ११:५८

६ असोज २०८३ काठमाडौं —  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बीमा कम्पनीहरूले ३२ अर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन्।नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन, १४ निर्जीवन, ३ लघु जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीले साउनमा कुल ३२ अर्ब २ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

National Life

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउनमा बीमा कम्पनीहरूले २४ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा यस वर्ष साउनमा बीमा व्यवसाय ३१.१५ प्रतिशतले बढेको हो।

साउनमा जीवन बीमा कम्पनीहरूले मात्रै २६ अर्ब ६२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको साउनको तुलनामा ३२.९७ प्रतिशत बढी हो। गत वर्ष साउनमा जीवन बीमा कम्पनीहरूले २० अर्ब २ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले ४ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क र २१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा प्रथम बीमाशुल्क ३४.७५ प्रतिशत र नवीकरण बीमाशुल्क ३२.५८ प्रतिशतले बढेको छ।

त्यस्तै, साउनमा निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब ४० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको साउनमा ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ संकलन गरेका निर्जीवन बीमा कम्पनीको व्यवसाय २२.८५ प्रतिशतले बढेको हो।

साउनसम्म म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखबाहेकका जीवन बीमालेखको संख्या ५९ लाख ९४ हजार ९५३ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.३९ प्रतिशत बढी हो।

यस्तै, समीक्षा अवधिमा म्यादी तथा लघु म्यादी जीवन बीमालेख ६३ लाख १ हजार ८७५ र वैदेशिक रोजगार बीमालेख १९ लाख ४३ हजार ६९३ वटा रहेका छन्। अघिल्लो वर्षको तुलनामा म्यादी तथा लघु म्यादी बीमालेख १६.२५ प्रतिशत र वैदेशिक रोजगार बीमालेख २५.७९ प्रतिशतले घटेका छन्।

चालु आर्थिक वर्षको साउनसम्म कुल ७ लाख ४१ हजार ५२१ जीवन बीमालेख र २ लाख ५४ हजार ६०७ निर्जीवन बीमालेख जारी भएका छन्।

प्रतिकृया