• ६ असोज २०८३, मंगलबार
  • २ः१३ दिउँसो

दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप सम्पन्न, हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी विजेता

प्रकाशित मिति

२०८३ आश्विन ६ गते, मंगलवार ०२:०३

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा विभिन्न बीमा कम्पनीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

National Life

प्रतियोगिताका खेलहरूमा सहभागी टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका थिए । सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ५–२ गोलले पराजित गर्दै उपाधि जित्न सफल भयो। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड भने उपविजेतामा सीमित रह्यो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो। हिमालयन एभरेस्ट इन्स्योरेन्सका दिनेश कुमार सिंहलाई प्लेयर अफ द टुर्नामेन्ट तथा सुनिल थापालाई उत्कृष्ट डिफेन्डर घोषित गरिएको थियो। त्यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका रोशन बुढाथोकीलाई सर्वाधिक गोलकर्ता तथा सुजन घिमिरेलाई उत्कृष्ट गोलकिपर घोषित गरिएको थियो।
प्रतियोगिताको समापन समारोहमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष चन्द्रसिंह साउद तथा प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले विजेता तथा उपविजेता टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया