• ७ असोज २०८३, बुधबार
  • ५ः३४ बेलुका

भारी वर्षाको जोखिमबीच घण्टा–घण्टामा पूर्वसूचना दिने सरकारको तयारी

प्रकाशित मिति

२०८३ आश्विन ७ गते, बुधबार ०५:१०

७ असोज २०८३ काठमाडौं — सम्भावित भारी वर्षा, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको जलसतह र विपद्को अवस्थाबारे घण्टा–घण्टामा पूर्वसूचना अद्यावधिक गर्ने भएको छ ।

National Life

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी नदीको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिनेछ । बाढी खतराको तहमा पुग्ने सम्भावित समय र त्यसबाट पर्न सक्ने प्रभावबारे पनि नियमित सूचना दिइनेछ ।

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । मुख्य राजमार्गमा डोजर तयारी अवस्थामा राखिएको छ भने जोखिम बढेमा सडक तथा राजमार्गमा सवारी आवागमन रोक्न सकिने जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्नुका साथै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत मौसमी अवस्थाको निगरानी र विपद् प्रतिकार्यको तयारी तीव्र बनाएको छ । सर्वसाधारणलाई बाढीका बेला खोलामा नजान, भिडियो खिच्न वा बगेका सामान संकलन गर्न जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरिएको छ ।

प्रतिकृया