• ७ असोज २०८३, बुधबार
  • ३ः२५ दिउँसो

बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

प्रकाशित मिति

२०८३ आश्विन ७ गते, बुधबार ०२:२९

७ असोज २०८३ काठमाडौं — नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक टाढा तथा रातिको यात्रा नगर्न आग्रह गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै यातायात सेवा सञ्चालन गर्नुअघि अनिवार्य रूपमा सडकको अवस्था र मौसमबारे जानकारी लिन व्यवसायी तथा यात्रुलाई आग्रह गरेको हो।

National Life

अविरल वर्षाका कारण सडकमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै महासंघले यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ। यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको थियो।

प्रतिकृया