आजदेखि पोखरा–दुबई फ्लाई दुबईको नियमित उडान सुरु
प्रकाशित मिति
२०८३ आश्विन ७ गते, बुधबार १२:२५
७ असोज २०८३ काठमाडौं — फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्दैछ। कम्पनीले पोखरा–दुबई र दुबई–पोखरा रुटमा नियमित उडान गर्न लागेको हो।
उडान तालिकाअनुसार फ्लाई दुबईको विमान आज साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने ७ः१५ बजे पुनः दुबईका लागि उडान भर्नेछ। पहिलो उडानमा आउने विमानलाई विमानस्थलमा वाटर स्यालुटसहित स्वागत गर्ने तयारी गरिएको छ।
दुबई–पोखरा उडान नम्बर एफजेड ११६५ र पोखरा–दुबई उडान नम्बर एफजेड ११६६ रहनेछ। पोखराबाट दुबईसम्मको उडान समय करिब साढे चार घण्टा र फर्किँदा करिब साढे पाँच घण्टा लाग्ने बताइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन भएको थियो। अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकिरहेको अवस्थामा फ्लाई दुबईको व्यावसायिक उडान सुरु हुन लागेको हो।






प्रतिकृया