• ७ असोज २०८३, बुधबार
  • १२ः३० दिउँसो

यी ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही

प्रकाशित मिति

२०८३ आश्विन ७ गते, बुधबार १२:१७

७ असोज २०८३ काठमाडौं — नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा न्यूनतम पुँजीकोष अनुपात कायम नगरेका चार तथा अनिवार्य नगद मौज्दात कायम नगरेका दुई लघुवित्तमाथि कारबाही गरिएको हो।

National Life

पुँजीकोष अनुपात नपुगेपछि फरवार्ड, धौलागिरी, मातृभूमि र एनआईसी लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै वीन नेपाल लघुवित्तलाई ५६ हजार ३८० रुपैयाँ तथा सञ्जीवनी लघुवित्तलाई विभिन्न चार महिनामा गरी नगद जरिवाना गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार नियामकीय मापदण्ड पालना नगरेका कारण ती संस्थामाथि कारबाही गरिएको हो।

प्रतिकृया