• ७ असोज २०८३, बुधबार
  • ९ः४५ बिहान

सवारीसाधनको प्रदूषण परीक्षणमा कडाइ, हप्तामा पाँच दिन अनुगमन हुने

प्रकाशित मिति

२०८३ आश्विन ७ गते, बुधबार ०९:४५

७ असोज २०८३ काठमाडौं — कृषि, वन तथा पर्यावरण मन्त्रालयले सवारीसाधनबाट हुने वायु प्रदूषण नियन्त्रणका लागि नियमित परीक्षण तथा छड्के अनुगमन सुरु गरेको छ। वातावरण विभागले सवारीसाधनको प्रदूषण परीक्षण तथा अनुगमन थालेको हो।

National Life

विभागका अनुसार हप्तामा पाँच दिन प्रदूषण परीक्षण गरिनेछ। त्यसमध्ये तीन दिन सडकमा सञ्चालन हुने सवारीसाधन र दुई दिन विद्यालयका सवारीसाधनको प्रदूषण परीक्षण गरिनेछ।

अनुगमनका क्रममा सवारीसाधनले तोकिएको प्रदूषण मापदण्ड पालना गरे–नगरेको जाँच गरिने विभागले जनाएको छ। परीक्षण तथा अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने पनि विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया