• ८ असोज २०८३, बिहीबार
  • ११ः२२ बिहान

नेपाल लाइफको लुम्बिनी प्रदेश ‘तारा अवार्ड’ सम्पन्न

प्रकाशित मिति

२०८३ आश्विन ८ गते, बिहीबार १०:५२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय ‘तारा अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। बुटवलस्थित महाराजा रिसोर्टमा आयोजित कार्यक्रममा करिब ४२५ जनाको सहभागिता रहेको थियो।

National Life

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने १७० जना अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ। अभिकर्ताको योगदानको कदर गर्दै उनीहरूलाई थप प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, मोटिभेटर किसु झा तथा अभिकर्ता संघका पदाधिकारीलगायतको उपस्थिति थियो।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा अभिकर्ताको व्यावसायिक भूमिका, बीमा क्षेत्रका समसामयिक विषय तथा अभिकर्ताका समस्याबारे छलफल गरिएको थियो। मोटिभेटर किसु झाको प्रेरणादायी प्रस्तुतिले सहभागीलाई उत्साहित बनाएको थियो।

सो अवसरमा नेपाल लाइफ र पेशागत बीमा अभिकर्ता संघबीचको सहकार्यबारे समेत छलफल भएको थियो। सीईओ पराजुलीले कम्पनीले अभिकर्ता संघसँग विगतदेखि नै सहकार्य गर्दै आएको उल्लेख गर्दै संस्थागत प्रक्रिया र विधानअनुसार अघि बढ्ने बताए।

त्यस्तै, संघका अध्यक्ष ओमबहादुर केसी र नेपाल लाइफ अभिकर्ता संघका अध्यक्ष गणेश अधिकारीले पनि अभिकर्ताका विषय संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

प्रतिकृया