• ८ असोज २०८३, बिहीबार
  • ४ः०० बेलुका

शेयर बजारमा सुधार, नेप्से २६२९ बिन्दुमा

प्रकाशित मिति

२०८३ आश्विन ८ गते, बिहीबार ०३:१३

८ असोज २०८३ काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ बिन्दुमा पुगेको छ। बिहीबार ३५६ कम्पनीका १ करोड ७२ लाख ७० हजार कित्ता शेयर कारोबार हुँदा कुल ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ।

National Life

यस दिन १२ वटा उपसूचक बढेका छन् भने निर्जीवन बीमा उपसूचकमा गिरावट आएको छ। पछिल्ला दिनमा देशभर भारी वर्षाको पूर्वानुमान रहेकाले सम्भावित क्षतिका कारण निर्जीवन बीमा कम्पनीप्रति लगानीकर्ताको चासो प्रभावित भएको देखिन्छ।

बिहीबार १७६ कम्पनीको शेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ। यस्तै, ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया