• ८ असोज २०८३, बिहीबार
  • २ः३१ दिउँसो

दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६१ अर्बले बढ्यो

प्रकाशित मिति

२०८३ आश्विन ८ गते, बिहीबार ०२:०५

८ असोज २०८३ काठमाडौं — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानीमा सुधार देखिएको छ। साउन र भदौमा २० वटा वाणिज्य बैंकको कुल कर्जा लगानी ६० अर्ब ९७ करोड रुपैयाँले बढेर भदौ मसान्तसम्म ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।

National Life

असार मसान्तमा बैंकहरूको कुल कर्जा लगानी ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ थियो। दुई महिनामा कर्जा लगानी करिब ६१ अर्ब रुपैयाँले विस्तार भएको हो। कर्जा विस्तारमा ग्लोबल आईएमई बैंक अगाडि देखिएको छ। बैंकले दुई महिनामा २० अर्ब १ करोड रुपैयाँ कर्जा थप्दै कुल कर्जा लगानी ४ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ पुर्‍याएको छ। कुल कर्जा लगानीको आकारमा पनि ग्लोबल आईएमई पहिलो स्थानमा उक्लिएको छ।

एभरेष्ट बैंकले १२ अर्ब ८८ करोड, लक्ष्मी सनराइज बैंकले १० अर्ब ३१ करोड, कुमारी बैंकले ७ अर्ब ६५ करोड र नबिल बैंकले ७ अर्ब ६ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, सिद्धार्थ बैंकको कर्जा ४ अर्ब ८० करोड, माछापुच्छ्रे बैंकको ४ अर्ब ७४ करोड, एनएमबि बैंकको ४ अर्ब २९ करोड र नेपाल बैंकको २ अर्ब १९ करोड रुपैयाँले बढेको छ। कृषि विकास बैंकले भने ६९ करोड रुपैयाँ कर्जा थपेको छ।

तर, २० मध्ये ८ वटा बैंकको कर्जा पोर्टफोलियो भने घटेको छ। सबैभन्दा धेरै एनआईसी एशिया बैंकको कर्जा ६ अर्ब ६९ करोड रुपैयाँले घटेर २ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँमा झरेको छ।

सानिमा बैंकको कर्जा ३ अर्ब ४६ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब १ करोड, प्रभु बैंकको २ अर्ब ७९ करोड र प्राइम कमर्सियल बैंकको १ अर्ब ४१ करोड रुपैयाँले घटेको छ। यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५३ करोड, हिमालयन बैंकको ३१ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा २ करोड रुपैयाँले घटेको छ।

प्रतिकृया