भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु
प्रकाशित मिति
२०८३ असार १३ गते, शनिबार १०:४९
१३ असार २०८३ भक्तपुर । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीको आफ्नै छोरा २४ वर्षीय किरण चौधरीको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७ः४५ बजे किरणले आफ्नी आमामाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी मेघियालाई उपचारका लागि ललितपुरस्थित पाटन अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति करिब १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले किरण चौधरीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Related
Recent News
- एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७ पाल्पामा सञ्चालनमा
- करदाता बम्पर पुरस्कार : ३५० रुपैयाँको सामान किन्ने उपभोक्ताले पाए १० लाख
- महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी ७ संस्थामा विशेष छुट
- अदालतको आदेश बेवास्ता गर्दै दूरसञ्चार कार्यालयको भवन भत्काइयो : नेपाल टेलिकमको आपत्ति
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- सभामुखको रुलिङपछि ७८ दिनदेखिको विपक्षीको हट्यो विरोध
- करदाता प्रोत्साहन पुरस्कारको दोस्रो पाक्षिक विजेता आज घोषणा हुँदै
- सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८३ सम्पन्न
- बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- नेप्से २.२५ अंकले घट्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो




प्रतिकृया