• २८ साउन २०८३, बिहीबार
  • ३:०४ बेलुका

रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै

प्रकाशित मिति

२०८३ श्रावण २७ गते, बुधबार १२:२०

२७ साउन २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि साउन २९ देखि ३१ गतेसम्म प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। संसद्को गरिमा र भूमिकालाई थप प्रभावकारी बनाउन प्रशिक्षण आयोजना गर्न लागिएको पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन्।

उनका अनुसार ललितपुरको गोदावरीस्थित फरेस्टमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ। यसअघि दुईपटक प्रशिक्षण दिइसकिए पनि त्यसबाट आवश्यकताअनुसार पर्याप्त नभएकाले तेस्रोपटक कार्यक्रम आयोजना गर्न लागिएको उनले बताइन्।

Kamana Sewa

धितालका अनुसार सांसदहरूको सुझाव र आवश्यकताका आधारमा प्रशिक्षणको कार्यतालिका तय गरिनेछ। पार्टीको नीति तथा संसद्मा सांसदहरूको प्रभावकारी भूमिकालाई केन्द्रमा राखेर प्रशिक्षण दिइने उनको भनाइ छ।

Classic Tech Desktop

‘सिक्ने प्रक्रिया जीवनभर रहिरहन सक्छ। यसपटक सांसदहरूकै सुझाव र आवश्यकता अनुसार प्रशिक्षण कार्यक्रम राखिएको हो। हामीले पार्टीको नीति र संसदमा प्रभावकारी भूमिका खेल्नेगरी प्रशिक्षण दिन्छौँ,’ उनले भनिन्।

रास्वपाले यसअघि २०८२ साल चैत ३ र ४ गते ललितपुरको होटल टुलिपमा पहिलो तथा वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलमा दोस्रो प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो।

प्रतिकृया