एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
प्रकाशित मिति
२०८३ आश्विन १६ गते, शुक्रबार ०९:४६
१६ असोज २०८३ काठमाडौं — नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्ने भएका छन्। असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधानअनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो।
मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा हुने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
मनोनीत हुनेहरूमा काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), हरि रिजाल (प्यूठान), पासाङ शेर्पा (ताप्लेजुङ), नरेन्द्र भट्टराई (इलाम), नन्दराम देवकोटा (खोटाङ), धर्म गिरी (प्यूठान), नारायण घर्ती (जाजरकोट), विद्यासुन्दर शाक्य (काठमाडौं), शान्तिलाल महत (जुम्ला), पोल्तेन छेपाङ गुरुङ (मनाङ), प्रेम दङ्गाल (काठमाडौं), सुरेन्द्र उदास (भोजपुर), विनोद पाण्डे (काठमाडौं), पुष्पराज श्रेष्ठ (सिन्धुली) र विमला घिमिरे (कपिलवस्तु) रहेका छन्।
त्यस्तै शिवमाया तुम्वाहाम्फे (मोरङ), कौशिला खत्री (जाजरकोट), जानुका सिम्खडा (धादिङ) र बिना बास्तोला (भक्तपुर) पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। अन्य पार्टीबाट एमालेमा समायोजन भएकामध्ये मोहम्मद इस्तियाक राई (बाँके), प्रदीप यादव (पर्सा), अब्दुल हुसैन अंसारी (सुनसरी), डिबी कार्की (स्याङ्जा), भवानी खापुङ (तेह्रथुम), दीपक साउद (अछाम), जय गोले तामाङ (काठमाडौं), धर्मराज निरौला (सुनसरी), रवि चामलिङ (खोटाङ), विनोद पहाडी (रुपन्देही), श्रीप्रसाद शर्मा (बागलुङ), रामप्रीत राम (सिराहा) र ध्रुव विष्ट (भक्तपुर) रहेका छन्।
यसैगरी सोही केन्द्रीय कमिटी बैठकले सात जना नेतालाई स्थायी कमिटी सदस्यमा चयन गरेको थियो। स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल (काठमाडौं), प्रदीप ज्ञवाली (गुल्मी), काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), शिवमाया तुम्वाहाम्फे (मोरङ), लालबाबु पण्डित (मोरङ) र थममाया थापा (म्याग्दी) चयन भएका छन्।








प्रतिकृया