• १३ असोज २०८३, मंगलबार
  • २ः३१ दिउँसो

वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्‍यो

प्रकाशित मिति

२०८३ आश्विन १३ गते, मंगलवार ०१:५०

१३ असोज २०८३ काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते हुने भएको छ । यसअघि असोज १६ गतेदेखि महाधिवेशन गर्ने तय भए पनि दुई दिन पछि सारिएको हो ।

National Life

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मितिबारे जानकारी दिएका छन् । कांग्रेसका अनुसार महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ ।

विज्ञप्तिमा वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू भइरहेको उल्लेख गरिएको छ । भारी वर्षाका कारण देशका विभिन्न स्थानमा उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यही अवस्थालाई मध्यनजर गर्दै महाधिवेशनको उद्घाटन मिति दुई दिन पछि सारिएको कांग्रेसले जनाएको छ ।

प्रतिकृया