बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभवपछि बीमा क्षेत्रमा बिन्जु दाहाल
प्रकाशित मिति
२०८३ आश्विन १३ गते, मंगलवार ०२:१३
१३ असोज २०८३ काठमाडौं — युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा बिन्जु दाहाल नियुक्त भएकी छन्। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा नियुक्त गरेको हो।
दाहालले बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव हासिल गरेकी छन्। उनले सन् २००६ मा नेपाल फाइनान्सबाट बैंकिङ करिअर सुरु गरेकी थिइन्। त्यसपछि बैंक अफ एसिया, इन्टरनेसनल डेभलपमेन्ट बैंक, एनसीसी बैंक र मुक्तिनाथ विकास बैंकमा विभिन्न जिम्मेवारीमा काम गरेकी छन्।
बैंकिङ क्षेत्रमा शाखा व्यवस्थापन, व्यवसाय विस्तार, कर्पोरेट व्यवसाय, ग्राहक सम्बन्ध तथा मार्केटिङलगायत क्षेत्रमा काम गरेकी दाहाल पछिल्लो समय व्यवसायमा समेत जोडिएकी छन्। उनी पाटनढोकास्थित ‘कासा’मा पार्टनरका रूपमा आबद्ध भएकी हुन्।
दाहालले बैंकिङ क्षेत्रको अनुभवलाई बीमा व्यवसायमा समेत उपयोग गर्दै कम्पनीको व्यवसाय विस्तार, ग्राहक सम्बन्ध र सेवा सुधारमा योगदान गर्ने बताएकी छन्।







प्रतिकृया