सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै
प्रकाशित मिति
२०८३ आश्विन १३ गते, मंगलवार १०:२५
१३ असोज २०८३ काठमाडौं — सरकारले आन्तरिक स्रोतबाट १० अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गरेर आन्तरिक ऋण उठाउन लागेको हो ।
कार्यालयका अनुसार ७ वर्ष अवधिको ‘विकास ऋणपत्र–२०९०’ बोलकबोलमार्फत बिक्री गरिनेछ । उक्त ऋणपत्रका लागि असोज १४ गते बोलकबोल हुने र असोज १५ गते निष्कासन गरिने कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न सरकारले आन्तरिक ऋण परिचालन गर्दै आएको छ । सोही क्रममा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र बिक्री गर्न लागेको हो ।
ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन् । बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिक सहभागी हुन सक्ने कार्यालयले जनाएको छ ।
बोलकबोलबाट प्राप्त प्रस्तावका आधारमा ऋणपत्र बिक्री गरिनेछ । सरकारले आन्तरिक ऋण उठाउन विकास ऋणपत्र, ट्रेजरी बिललगायतका सरकारी ऋण उपकरण प्रयोग गर्दै आएको छ ।







प्रतिकृया