• १२ असोज २०८३, सोमबार
  • ६ः०७ बेलुका

राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्चद्वारा सदर

प्रकाशित मिति

२०८३ आश्विन १२ गते, सोमबार ०५:४५

काठमाडौं । कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ। सोमबार न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माले दायर गरेको रिट खारेज गर्दै नेकपाको निर्णय सदर गरेको हो।

National Life

पार्टीले कारबाही गर्दै शर्मालाई पदमुक्त गर्न प्रदेशसभामा पत्र पठाएपछि उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले नेकपाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्दै शर्मालाई प्रदेशसभा सदस्यका रूपमा काम गर्न दिन भनेको थियो।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित शर्मा पछि नेता जनार्दन शर्मासँगै लागेका थिए। त्यसपछि नेकपाले उनलाई कारबाही गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारको प्रचारप्रसारमा लागेको आरोपमा नेकपाले शर्मामाथि कारबाही गरेको जनाएको थियो। शर्मा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्।

प्रतिकृया