• १२ असोज २०८३, सोमबार
  • ११ः३७ बिहान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा १०५ ग्यास बुलेट बाटोमै रोकिए

प्रकाशित मिति

२०८३ आश्विन १२ गते, सोमबार ११:२९

१२ असोज २०८३ काठमाडौं — बाढीपहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकाका लागि खाना पकाउने ग्यास बोकेर आएका १०५ वटा बुलेट बाटोमै रोकिएका छन्। नेपाल आयल निगमका अनुसार ती बुलेटमा करिब १ लाख ५० हजार सिलिन्डर बराबरको ग्यास रहेको छ। बुधबारदेखि परेको वर्षाका कारण पृथ्वी राजमार्गको कृष्णभिरसहित विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि भारतबाट ग्यास बोकेर आएका बुलेट काठमाडौं आउन नसकेका हुन्।

National Life

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भारतको बरौनी, पारादीप र हल्दियालगायत स्थानबाट ग्यास लोड गरी काठमाडौं आउँदै गरेका बुलेट चितवन र हेटौँडा आसपास रोकिएका छन्।

काठमाडौं उपत्यकामा रहेका १६ वटा ग्यास ब्रान्डका लागि लोड गरिएका ती बुलेट वीरगन्ज भन्सारबाट भने क्लियर भइसकेका छन्। केही बुलेट चितवनको रामनगर र केही हेटौँडालगायत क्षेत्रमा रोकिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

पृथ्वी राजमार्गमा यातायात सञ्चालन हुनासाथ रोकिएका ग्यास बुलेट काठमाडौं भित्रिने प्रवक्ता ठाकुरले बताए। बुलेट काठमाडौं आइपुगेपछि प्रतिदिन ५० हजारदेखि ६० हजार सिलिन्डरका दरले बजारमा ग्यास पठाउन सकिने निगमले जनाएको छ।

प्रतिकृया