• १२ असोज २०८३, सोमबार
  • १०ः२४ बिहान

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

प्रकाशित मिति

२०८३ आश्विन १२ गते, सोमबार ०९:२३

१२ असोज २०८३ काठमाडौं — बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। आइतबार तमानखोला गाउँपालिकामा चार र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। शनिबार ताराखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो।

National Life

पहिरोमा तमानखोलामा आठ घर बगेका छन् भने निसीखोलामा एकै परिवारका चार जनाको मृत्यु भएको छ। तमानखोलामा एक जना अझै बेपत्ता छन्।

पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको र प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा नेपाली सेनाको टोली उद्धारमा खटिएको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया