बाढी-पहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित
प्रकाशित मिति
२०८३ आश्विन ११ गते, आईतवार १०:५०
११ असोज २०८३ काठमाडौं — निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ । नेपाल टेलिकमले असोज ८ गतेदेखि परेको निरन्तरको वर्षा र हावाहुरीका कारण देशका विभिन्न स्थानमा दूरसञ्चार सेवा अवरुद्ध भएको जनाएको हो ।
टेलिकमका अनुसार भारी वर्षा तथा पहिरोका कारण प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भएको छ । साथै, अप्टिकल फाइबरमा क्षति पुग्दा समेत सेवा सञ्चालनमा समस्या देखिएको छ ।
विद्युत् आपूर्तिमा भएको अवरोध तथा हिमपात, वर्षा र बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा पनि सेवा प्रभावित भएको टेलिकमले जनाएको छ । प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मर्मतसम्भारका काम जारी रहेको र सम्भव भएका स्थानमा सेवा मर्मत भइरहेको टेलिकमले जनाएको छ ।
मौसममा सुधार आएलगत्तै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको कम्पनीको भनाइ छ ।
सेवा अवरुद्ध हुँदा ग्राहकमा परेको असुविधाप्रति नेपाल टेलिकमले क्षमायाचना गरेको छ । साथै, बाढी, पहिरो र निरन्तर वर्षाका कारण उत्पन्न कठिन परिस्थितिमा पनि ग्राहकले देखाएको धैर्यताप्रति टेलिकमले आभार व्यक्त गरेको छ ।








प्रतिकृया