• १० असोज २०८३, शनिबार
  • ११ः४५ बिहान

यो साता तीन दिन मात्रै खुलेको बजारमा नेप्से १७ अंकले घट्यो

प्रकाशित मिति

२०८३ आश्विन १० गते, शनिबार ११:४५

१० असोज २०८३ काठमाडौं — यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.४१ अंकले घटेर २६२९.८१ विन्दुमा बन्द भएको छ। गत साता २६४७.२२ विन्दुमा बन्द भएको नेप्से यो साता ०.६६ प्रतिशतले घटेको हो।

National Life

सार्वजनिक बिदा तथा प्राविधिक समस्याका कारण यो साता तीन दिन मात्रै सेयर बजार खुलेको थियो। दुई कारोबार दिन बजार बढे पनि एक दिनको गिरावट उच्च हुँदा समग्रमा नेप्से घटेको हो। यो साता फ्लोट इन्डेक्स २.०६ अंक, सेन्सेटिभ इन्डेक्स १.२८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९६ अंकले घटेका छन्।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। गत साता दैनिक औसत ६ अर्ब १२ करोड रुपैयाँको कारोबार भएकोमा यो साता दैनिक औसत ६ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यो गत साताको तुलनामा २.६५ प्रतिशत बढी हो।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, यस साता दैनिक औसत कारोबार भएको सेयर संख्या २२.९८ प्रतिशत र कारोबार संख्या ०.३४ प्रतिशतले बढेको छ।

यो साता बजारको कुल बजार पुँजीकरण पनि ०.६६ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५३ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो साता २९ अर्ब रुपैयाँ घटेर ४५ खर्ब २३ अर्ब रुपैयाँमा झरेको छ।

१३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक मात्रै बढेको छ। उक्त उपसमूह १.१३ प्रतिशतले बढेर १० हजार ८३३.४४ विन्दुमा पुगेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत घटेर ३६०३.४१ विन्दुमा झरेको छ।

अंकका आधारमा भने निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १६४.३७ अंकले घटेको छ। एक उपसमूह स्थिर रहँदा बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

प्रतिकृया