• ११ असोज २०८३, आइतबार
  • १०ः५५ बिहान

खराब मौसमले हवाई उडान प्रभावित, भरतपुर र तुम्लिङटार विमानस्थल अझै बन्द

प्रकाशित मिति

२०८३ आश्विन ११ गते, आईतवार १०:३२

११ असोज २०८३ काठमाडौं — खराब मौसमका कारण केही हवाई उडान प्रभावित भएका छन् । पर्याप्त भिजिबिलिटी नहुँदा चितवनको भरतपुर र संखुवासभाको तुम्लिङटार विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् ।

National Life

विमानस्थल कार्यालयका अनुसार दुवै विमानस्थलमा मौसम प्रतिकूल रहेकाले उडान सञ्चालन हुन नसकेको हो ।

यता, पोखरा विमानस्थलको भिजिबिलिटी भने बढ्दो क्रममा रहेको छ । पर्याप्त भिजिबिलिटी कायम भए उडान सञ्चालन गर्ने तयारी भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया