• १२ असोज २०८३, सोमबार
  • १२ः५३ दिउँसो

देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क

प्रकाशित मिति

२०८३ आश्विन १२ गते, सोमबार १२:२०

१२ असोज २०८३ काठमाडौं — नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनमा उम्मेदवार बन्नेहरूका लागि मनोनयन शुल्क निर्धारण गरेको छ। डा. शशांक कोइराला नेतृत्वको १५औँ महाधिवेशन आयोजक समितिअन्तर्गतको केन्द्रीय निर्वाचन समितिले तयार गरेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका–२०८३’ मा वडा तहदेखि केन्द्रीय सभापतिसम्मका विभिन्न पदका लागि शुल्क तोकिएको हो।

National Life

निर्देशिकाअनुसार केन्द्रीय सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ।

यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५०० र महासमिति सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि ५०० तथा प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रदेश कार्यसमिति सभापतिका लागि १० हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार तथा सदस्यका लागि ३ हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ। जिल्ला सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि ३ हजार ५००, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

त्यस्तै, गाउँ–नगर वडा सभापतिका लागि २५० रुपैयाँ, गाउँपालिका सभापतिका लागि १ हजार, नगरपालिका सभापतिका लागि २ हजार तथा उपमहानगर–महानगरपालिका सभापतिका लागि २ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ। प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि २ हजार ५०० तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि ३ हजार ५०० रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको निर्देशिकामा उल्लेख छ।

देउवा समूहले छुट्टै महाधिवेशनको तयारी गरिरहेको सन्दर्भमा यी शुल्क निर्धारण गरिएको हो। यस समूहले १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रीय तहसम्मको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

प्रतिकृया