• १२ असोज २०८३, सोमबार
  • १ः१५ दिउँसो

इसेवाको सीईओमा निरज शर्मा नियुक्त

प्रकाशित मिति

२०८३ आश्विन १२ गते, सोमबार १२:४७

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्। इसेवा सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनले आगामी चार वर्षका लागि कम्पनीको नेतृत्व सम्हाल्नेछन्।

National Life

बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव भएका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी छन्। डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि, ग्राहककेन्द्रित सेवा तथा संस्थागत रूपान्तरणमा समेत उनको अनुभव रहेको कम्पनीले जनाएको छ।

शर्माको नेतृत्वले इसेवाको आगामी रणनीतिक प्राथमिकता र डिजिटल वित्तीय सेवाको विस्तारमा योगदान पुग्ने विश्वास सञ्चालक समितिले व्यक्त गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

इसेवाका निवर्तमान सीईओ जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ। उनी २०७९ असोज १२ गते इसेवाको सीईओमा नियुक्त भएका थिए। खड्काको कार्यकालमा इसेवाका प्रयोगकर्ता, मर्चेन्ट तथा आधिकारिक प्रतिनिधिको संख्या उल्लेख्य रूपमा बढेको कम्पनीले जनाएको छ। उनको कार्यकालमा इसेवाका दर्ता भएका प्रयोगकर्ता १ करोड ४० लाख तथा मर्चेन्टको संख्या ६ लाखभन्दा बढी पुगेको छ।

यस अवधिमा डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिङ्क, बिजनेस एप, इन्टेन्ट पे, इन्स्योरेन्स तथा विभिन्न लाइफस्टाइल सेवासहित नयाँ प्रडक्ट र फिचर विस्तार गरिएको कम्पनीले जनाएको छ।

दृष्टिविहीन नागरिकका लागि ‘टक ब्याक’ फिचर तथा नेपाली भाषामा एप सञ्चालन गरी डिजिटल वित्तीय सेवाको पहुँच विस्तारमा समेत खड्काको नेतृत्वमा काम भएको कम्पनीले जनाएको छ।

प्रतिकृया