• १२ असोज २०८३, सोमबार
  • १ः१५ दिउँसो

फुटसल प्रतियोगितामा विनायकको अर्को उत्कृष्ट सफलता

प्रकाशित मिति

२०८३ आश्विन १२ गते, सोमबार १२:५४

मध्यपुर थिमि । विनायक शिक्षा निकेतन इङ्लिस सेकेन्डरी स्कुल जिल्ला–व्यापी अन्तरविद्यालय फुटसल प्रतियोगितामा प्रथम उपविजेता बनेको छ। सुप्रिम एकेडेमीको आयोजनामा असोज १० र ११ गते सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका २७ टोली सहभागी थिए। उत्कृष्ट प्रदर्शन गर्दै विनायक शिक्षा निकेतन र सैनिक स्कुल फाइनलमा प्रवेश गरेका थिए।

National Life

प्रतियोगितामा विनायकका खेलाडीहरूले खेल कौशल, अनुशासन, आत्मविश्वास, मेहनत र उत्कृष्ट टिमवर्क प्रस्तुत गर्दै फाइनलसम्मको यात्रा तय गरेका थिए। फाइनलमा उपविजेता बनेसँगै विद्यालयले खेलकुद क्षेत्रमा अर्को सफलता हासिल गरेको छ। प्रतियोगिताको समापन समारोहमा मध्यपुर थिमि नगरपालिकाको सामाजिक विकास विभागका प्रमुख ज्ञानेन्द्र भट्टले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, पदक र नगद पुरस्कार प्रदान गरे।

विद्यालयले विद्यार्थीको शैक्षिक विकाससँगै खेलकुद, सिर्जनशीलता, नेतृत्व, अनुशासन र सहकार्यको भावना विकासलाई प्राथमिकता दिँदै आएको जनाएको छ। फुटसलमा प्राप्त सफलता विद्यार्थीको निरन्तर अभ्यास, लगनशीलता र सामूहिक प्रयासको परिणाम भएको विद्यालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया