• २९ असार २०८३, सोमबार
  • २:३८ बिहान

अतिरिक्त समयमा अल्भारेज चम्किए, स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाको पुनः अग्रता

प्रकाशित मिति

२०८३ असार २८ गते, आईतवार ०९:२७

२८ असार २०८३ काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डविरुद्ध २–१ को अग्रता बनाएको छ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ११२औँ मिनेटमा जुलियन अल्भारेजले शानदार गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहारलाई स्विट्जरल्यान्डका गोलरक्षकले रोक्न सकेनन्।

Kamana Sewa

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो। अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टरले सुरुआती गोल गरेका थिए भने स्विट्जरल्यान्डका डान एनडोयेले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए।

Classic Tech Desktop

अल्भारेजको अतिरिक्त समयको गोलसँगै अर्जेन्टिना सेमिफाइनल नजिक पुगेको छ। यदि यो अग्रता कायम राख्न सफल भए अर्जेन्टिनाले अन्तिम चारमा स्थान बनाउँदै इंग्ल्यान्डसँगको भेट पक्का गर्नेछ।

प्रतिकृया