• ९ भदौ २०८३, बुधबार
  • ८:०५ बेलुका

रसुवा बाढी : ९७ शव फेला, ५४ जनाको उद्धार

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार ०७:५४

१० भदौ २०८३ काठमाडौं – रसुवामा आएको भीषण बाढीमा परी बगेका ९७ जनाको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा ९७ जनाको शव फेला परेको हो।

उनका अनुसार बाढीबाट प्रभावित ५४ जनाको उद्धार गरिएको छ। सुरक्षाकर्मीको टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

Kamana Sewa

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण धेरै मानिस सम्पर्कविहीन तथा बेपत्ता रहेको जनाइएको छ।

Classic Tech Desktop

प्रतिकृया