• ९ भदौ २०८३, बुधबार
  • ६:०७ बेलुका

बालेनलाई मोदीको फोन, सम्भव भएसम्मको सहयोग गर्छौं’

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार ०६:०६

१० भदौ २०८३ काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई फोन गरी रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका छन्। मोदीले बालेनसँगको फोन संवादमा नेपालमा बाढीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै कठिन घडीमा भारतका जनता नेपालीको साथमा रहेको बताएका छन्।

‘प्रधानमन्त्री बालेन्द्र साहसँग कुराकानी गरी नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरें। यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्धताका साथमा छन्,’ मोदीले संवादपछि भनेका छन्।

Kamana Sewa

उनले भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार रहेको पनि बताएका छन्। मोदीले उद्धार तथा राहतका लागि भारतीय अधिकारीहरूले नेपाली सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको जानकारीसमेत दिएका छन्।

Classic Tech Desktop

रसुवामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि भारतले नेपाललाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।

प्रतिकृया