• ९ भदौ २०८३, बुधबार
  • १:१४ बेलुका

बाढी प्रभावित रसुवा–नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख पठाइने

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार ०१:१४

१० भदौ २०८३ काठमाडौं – सरकारले बाढी प्रभावित जिल्लामा आपत्कालीन व्यवस्थापन तथा उद्धार–राहतका लागि तत्काल रकम पठाउने निर्णय गरेको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आपत्कालीन बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विपद् जोखिम न्यूनीकरण विज्ञ डा. धर्मराज उप्रेतीले रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।

Kamana Sewa

उनका अनुसार उक्त रकम जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पठाउने प्रक्रिया अघि बढाइएको छ। प्राप्त रकम प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनमा खर्च गरिनेछ।

Classic Tech Desktop

विपद्बाट भएको क्षति तथा आवश्यकताका आधारमा थप निर्णय मन्त्रिपरिषद् बैठकबाट हुने डा. उप्रेतीले बताए।

प्रतिकृया