• ९ भदौ २०८३, बुधबार
  • १०:४५ बिहान

रसुवाको बाढीपछि काठमाडौंमै रोकिए चार जिल्लातर्फ जाने सवारी

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार १०:३९

१० भदौ २०८३ काठमाडौं – रसुवामा आएको ठूलो बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले चार जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार काठमाडौंबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधनलाई अर्को सूचना नभएसम्म काठमाडौंमै रोकिएको हो।

Kamana Sewa

रसुवामा आएको बाढी र पहिरोका कारण सडकमार्गमा जोखिम बढेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

Classic Tech Desktop

प्रहरीले सम्बन्धित जिल्लातर्फ यात्रा गर्न लागेका यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रतिकृया